images
images

नेपाली नर्सलाई बेलायत रोजगारीका लागि आवेदन खुल्यो, कहिलेसम्म दिने आवेदन ?


  • 363
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    नेपाली नर्सलाई बेलायत रोजगारीका लागि आवेदन खुल्यो, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो आवेदन खुला गरेको हो । 

    मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा १ सय जना स्टाफ नर्स लैजाने भएको छ । 

    रोजगारीका लागि इच्छुक व्यक्तिहरुले आजदेखि आगामी अक्टोबर १९ सम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

    पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेका नर्जहरुले उक्त आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । साथै न्यूनतम दुई वर्षको कार्य अनुभव हुनुपर्ने छ। आइइएलटिएसमा पनि ७ स्कोर ल्याएको हुनुपर्ने सूचनामा उल्लेख छ। 

    बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। मन्त्रालयले जीटूजीमार्फ्त लैजाने गरी सम्झौता भएअनुसार नै नेपाली नर्सलाई पठाउन लागेको हो । 

    uk notice.jpg


    images
    images

    Logo