images
images

दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र


  • 480
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं । वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

    सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


    images
    images

    Logo