images
images

घट्यो हवाईको भाडा, कुन रुटमा कति ? 


  • 743
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    घट्यो हवाईको भाडा, कुन रुटमा कति ? 

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुलय घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाईको मुलय घटाउको छ । सोमबार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो । यसअघि १ सय ५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १४ रुपैयाँले घटेपछि १ सय ३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

    प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७ सय ५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६ सय १५ रुपैयाँ भाडा कम भएको छ ।

    काठमाडौंंबाट माउन्टेन फ्लाइट ४ सय ८५ रुपैयाँ, काठमाडौंबाट भद्रपुरका लागि ४ सय २० रुपैयाँ कम भएको छ भने काठमाडौंबाट विराटनगरको लागि ३ सय ३५ रुपैयाँ, जनकपुर १ सय ८०, भरतपुर १ सय ५०, पोखरा २ सय २५, भैरहवा २ सय ८५, नेपालगञ्ज ४ सय ५५ र सिमराका लागि १ सय २५ रुपैयाँ कम भएको छ ।

    प्राधिकरणका अनुसार यसअघि ४ हजार ५ सय ५ रुपैयाँ भाडा रहेको काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने छ । त्यस्तै यसअघि २ हजार ३ सय ८० रुपैयाँ रहेको काठमाडौं पोखराको नयाँ भाडा २ हजार १ सय ५५ रुपैयाँ तोकिएको छ ।

    plane vada-1.jpg

    planevada-2.jpg

    plane vada-3.jpg

    plane-vada-4.jpg

     


    images
    images

    Logo