काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र ९एलओआई० दिएको छ। असार १५ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले १० कम्पनीलाई एओआई दिएको हो ।
आशयपत्र पाउने थप १० कम्पनीहरुमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन् ।
धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका ११ कम्पनीमध्ये केबिएल सेक्युरिटिज लिमिटेडले नेप्सेमा सदस्यताका लागि आवेदन दिनै बाँकी रहेको छ ।
यस संगै अब नेप्सेबाट आशयपत्र पाउने ब्रोकरको संख्या १७ पुगेको छ । नेप्सेले पहिलो चरणमा ७ कम्पनीलाई आशय्पत्र प्रदान गरेको थियो । नेप्सेबाट अनुमति पाएपछि ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता पनि लिनु पर्ने हुन्छ। त्यसपछि बल्ल ब्रोकरहरुले कारोबार गर्न सक्ने छन् ।



