images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु (सूचीसहित)


  • 486
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु (सूचीसहित)

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी नियुक्त गरिएको बताएकी छिन् । 

    त्यस्तै,सो बैठकले सरकारले मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।

    २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने ।

    रुपन्देही जिल्ला साविक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने निर्णय भएको छ ।

    यस्ता छन् १३ निर्णयहरु :

    k.png

    kk.png


    images
    images

    Logo