images
images

ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई  ७ दिन हिरासतमा राख्न अनुमति


  • 609
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई  ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले आरोपितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रहरीले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो।

    ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार ७ जानलाई पक्राउ गरेको थियो जसमध्ये ३ जनलाई कागज गराएर रिहा गरेको छ । पक्राउ परेका ४ आरोपितलाई प्रहरीले म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेको थियो ।


    images
    images

    Logo