काठमाडौं । देशभरका स्थानीय सरकारले आइतबार बजे ल्याएका छन् । स्थानीय सरकारले असार १० गते आगाम आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । त्यसैबीच ६ वटा महानगरपालिकाले कुल ५१ अर्ब ९९ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । यसमा सवैभन्खा धेरै काठमाडौं महागरपालिकाले ल्याएको छ भने सवैभन्दा थोरै बीरगञ्ज महानगरपालिकाले ल्याएको छ ।
काठमाडौं महानगरपालिकाले सवैभन्दा धेरै २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ भने सवैभन्दा थोरै बीरगञ्ज महानगरपालिकाले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
हेर्नुहोस् कसको कति ?
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ
काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरपालिका नगरसभाको १३ औं बैठकले आइतबार उपमेयर सुनिता डंगोलले आगामी बर्षको लागि सो रुपैयाँ बजेट पेश गरेकी हुन् ।
उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड समेत गरी कुल रकम २५ अर्ब ५४ करोड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।
भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ
भरतपुर महानगरपालिकाले ६ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको जानकारी दिएका छन् ।
प्रस्तुत बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार रुपैयाँ, जनसहभागिताबाट रु ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड रुपैयाँ, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ र अन्तरसरकारी अख्तियारी शिर्षकमा अनुमानित आय १ अर्ब १० करोड हुने प्रक्षेपण गरेको छ ।
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरको १२औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आथामी आर्थिक बर्षको लागि सो रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
आगामी वर्षका लागि महानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार बजेट प्रस्तुत गरिन्। प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार बिनियोजन गरिएको छ ।
यसैगरी सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार, रहेको छ। जसमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड रुपैयाँ
ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ। महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट आएको हो।
प्रस्तुत बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ।
वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब २१ करोड ३५ लाख रुपैयाँ
वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। वीरगन्ज महानगरपालिकाको नगरसभाको उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पूँजीगततर्फ ६८ करोड ७८ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रूपैयाँ विनियोजन गरिएको हो।
महानगरपालिकाको अगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८७ लाख व्यहोरिने उल्लेख छ ।
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले सो रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन गरिएको छ ।



