images
images

भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पुर्णपाठसहित )


  • 459
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पुर्णपाठसहित )

    काठमाडौं ।  भरतपुर महानगरपालिकाले  ६ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै  ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको जानकारी दिएका छन् । 

    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान  १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।

    अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ। महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ।

    भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।


    images
    images

    Logo