images
images

कोठाभाडा सम्बन्धी झुटो विवरण दिनेलाई महानगरले कारवाही गर्ने, यस्ता घरधनीले ७५% छुट पाउने


  • 737
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    कोठाभाडा सम्बन्धी झुटो विवरण दिनेलाई महानगरले कारवाही गर्ने, यस्ता घरधनीले ७५% छुट पाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोठाभाडा सम्बन्धी झुटो विवरण दिनेलाई कारबाही गर्ने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आर्थिक विधेयक प्रस्तुत गर्दै   भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने बताएकी हुन् । 

    महानगरको आगामी आर्थिक वर्षको बजेटमा न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने उल्लेख गरिएको छ ।

    साथै वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ । तर, १ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र अन्य आम्दानीको स्रोत रहेका करदाताले भने छुट पाउने छैनन् ।


    images
    images

    Logo