images
images

काठमाडौं महानगरले आगामी वर्षमा ८ सय बढीलाई रोजगारी दिने


  • 439
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    काठमाडौं महानगरले आगामी  वर्षमा ८ सय बढीलाई रोजगारी दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षभित्र ८ भन्दा बढीलाई जनालाई रोजगारी दिने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अगामी वर्षमा ८ सय ३ जनालाई रोजगारी दिने बताएकी हुन् । 

    बजेट प्रस्तुत गर्दै उपमेयर डंगोलले कुचिकार ३ सय जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २ सय ६९ जना र नगरप्रहरी जवान १ सय ५१ जनालाई करार सेवामार्फत् सम्झौता गरी काममा लगाउन ३० करोड रुपैयाँ  विनियोजन गरेको बताएकी छिन् । 


    images
    images

    Logo