images
images

सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब, प्रधानाध्यापकमा भत्ता वृद्धि


  • 537
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब, प्रधानाध्यापकमा भत्ता वृद्धि

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोधभर्ना कोष खडा गरिएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । 

    काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि  गरेको छ । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गरेकाे जनाइएकाे छ । 

     

     

     


    images
    images

    Logo