काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्ब २८ करोड बजेट ल्याएको छ । शुक्रबार बुधबार उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटको कुल २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैया विनियोजन गरेका छ ।
शुक्रबार उपमहानगरपालिकाका उप्रमुख किशोर साहले पेश गरेको बजेटमध्ये चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ५६ करोड ९५ लाख १८ हजार २ सय ९० रुपैयाँ अर्थात् ३.९५ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै वितीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत छुट्याइएको छ ।
बजेट आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० हजार ल्याइएको छ।
त्यस्तै, उपमहानगरपालिकाले नेपाल सरकारबाट सर्शत अनुदानबाट ६० करोड २९ लाख रुपैयाँ र नेपाल सरकार समानीकरण अनदानमार्फत ३२ करोड ५० लाख रुपैयाँ, नेपाल सरकार समपूरक अनुदान तर्फबाट १ करोड २५ लाख युएलआरआइपी काय्रकम सञ्चालको लागि ४० करोड १२ लाख रुपैयाँ गरि कुल १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै, प्रदेश सरकार सर्शत अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरि कुल ५ करोड २६ लाख ७५ हजार राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ ।
उपमहानगरपालिकाले राम जानकी अन्तराष्ट्रिय रंगशाला थप निर्माण गर्ने ३५ लाख रुपैयाँ बजेट विनियोज गरेको छ । सार्वजनिक स्थानको फोहोर मैला संकलनको लागि डस्टविन व्यवस्थापन गर्ने ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, लामखुट्टे नियन्त्रणको अध्ययनको लागि २० लाख र सो अनुरुप कार्य गर्नेको लागि थप २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, नगरपालिकाको आफ्नो सवारी साधन पार्किङस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने नगर सौन्र्दयकरण योजना तथा फोहोर मैला प्रंशोधन क्रेन्द्रको निर्माणको लागि २ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।



