images
images

बीरगंज महानगरपालिकाले ल्यायो ३ अर्ब २१ करोड बजेट (पूर्णपाठसहित)


  • 442
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    बीरगंज महानगरपालिकाले ल्यायो ३ अर्ब २१ करोड बजेट (पूर्णपाठसहित)

    काठमाडौं । बीरगंज महानगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड बजेट ल्याएको छ । बुधबार बीरगंज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    बुधबार महानगरपालिका उपप्रमुख इम्तियाज आलमले पेश गरेको बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ५८ लाख ५ हजार अथात् ७७ प्रतिशत र पुँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अथात् २२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अथात् १ प्रतिशत रहेको छ ।  

    महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोरिने बजेटमा उल्लेख छ ।

    आलमले बुधबार प्रस्तुत गरेको बजेटमा महानगरभित्र सञ्चालित ईंट्टा उद्योगले उत्पादन गर्ने प्रति ईंट्टामा १५ पैसा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेका हुन् ।वीरगञ्ज महानगरले स्वास्थ्यका लागि हानिकारक रक्सी, गुटखा, तम्बाखु उद्योगलाई थप ५० प्रतिशत व्यवसाय कर लगाउने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याएको महानगरले व्यवसाय कर वृद्धि गरेको हो। फलाम, सिमेन्ट, जङ्‍कफूड, पेन्टस र ईंट्टा उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत थप गरी लिने व्यवस्था बजेटले गरेको छ ।


    images
    images

    Logo