images
images

जेठ महिनामा ४ अर्ब ९६ करोड बैदेशिक लगानी प्रतिवद्धता


  • 425
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    जेठ महिनामा ४ अर्ब ९६ करोड बैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं ।  जेठ महिनामा ४ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । जेठमा ५७ वटा उद्योगमा २ हजार ५ सय ६९ जनालाई रोजगारी दिने प्रस्ताव आएको हो । 

    विभागका अनुसार जेठमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा २६‍.४५ प्रतिशत र सबैभन्दा कम पूर्वाधार तथा ऊर्जामा क्रमश : १.२ प्रतिशत, १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । कृषि र खनिजमा लगानी प्रतिबद्धता आएको छैन । जेठ महिनामा ५६ वटा साना र एउटा ठूला उद्योगमा लगानी प्रतिबद्धताा आएको हो ।

    वैशाख महिनामा २८ वटा उद्योगमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । वैशाखमा साना उद्योगमा मात्रै लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २ सय ७४ वटा उद्योगमा ३४ अर्ब ५८ करोड ४ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    विभागअनुसार जेठमा विदेशी लगानी प्रतिबद्धता जनाउने ३ सय २ जना लगानीकर्ताले बिजनेश भिसा लिएको छ । त्यसमा ४४ जना प्रतिनिधि र १ सय ३४ जनाले डिपिन्डेन्ट भिसा लिएका छन् ।


    images
    images

    Logo