images
images

पेट्रोलियम पदार्थको आयात घट्यो


  • 604
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    पेट्रोलियम पदार्थको आयात घट्यो

    काठमाडौं । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । 

    पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार ३ सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई ४ अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए । 

    गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४१ हजार ५ सय २८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले ५ अर्ब ५४ करोड २७ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । वैशाखसम्म ३ अर्ब ८६ करोड ९७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको ३८ हजार ८ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट २ अर्ब २२ करोड ५२ लाख रुपैयाँ राजस्व असुली भएको छ । 

    गत वर्षको सोही अवधिमा ४ अर्ब ४ करोड २९ लाख रुपैयाँ बराबरको ४४ हजार ९ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व असुली भएको छ । त्यस्तै ३ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको ३ करोड ४८ लाख ९८ हजार रुपैयाँ किलो एलपी ग्यास आयात भएकामा गत वर्ष ४ अर्ब २६ करोड ८२ लाख रुपैयाँ बराबरको ३ करोड ६९ लाख २ हजार ६ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए।  

    अधिकृत शर्माका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख रुपैया बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब १ अर्ब २७ करोड ३ लाख रुपैया कम राजस्व सङ्कलन भएको छ । एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख  रुपैया राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रुपैया मात्र राजस्व असुली भएको छ । 

    कार्यालयले गत आर्थिक वर्षको भन्दा ७१ करोड ५५ लाख रुपैया कम राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्षको वैशाखसम्म २ अर्ब ८४ करोड ४५ लाख रुपैया बराबरको ५ करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई रु एक अर्ब ६१ करोड चार लाख राजस्व असुली भएको थियो । 

    चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ५७ करोड ६६ लाख रुपैया बराबरको २ करोड ६२ लाख ९४ हजार ९ सय ८७ किलोग्राम चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार रुपैया राजस्व प्राप्त भएको छ ।

    गत आर्थिक वर्षको वैशाखसम्म ८ अर्ब ३७ करोड ७१ लाख रुपैयाको १४ करोड ७५ लाख ४ हजार ७ सय ६० किलोग्राम चामल आयात भएको थियो ।


    images
    images

    Logo