images
images

हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित) 


  • 472
    SHARES
  • २०८० आषाढ २ गते शनिबार

    हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित) 

    काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । 

    उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको हो ।

    उपमहानगरपालिकाले महिला तथा बाल विकास कोष, वातावरण विकास कोष, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष, गरिबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, मानव संसाधन विकास कोष खर्च समेतका लागि ४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

    त्यस्तै उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत आगामी आर्थिक वर्षको लागि ८ करोड रुपैयाँ, हेटौँडा ४ मा निर्माणाधीन बहुवर्षीय योजना अन्तर्गत वासुदेव बहुउद्देश्यीय व्यापारिक भवनका लागि २ करोड रुपैयाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न करोड ९५ लाख रुपैयाँ, संघीय सरकार समपूरक कोष अन्तर्गत पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।  

    त्यस्तै, संघीय सरकार र प्रदेश सरकार तर्फको समपूरक कोष योजनाका लागि ३ करोड ७५ लाख रुपैयाँ, खानेपानी व्यवस्थापन गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  उपमहानगरपालिकाले न्यूनतम महसुल रकम भुक्तानीको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    वडा कार्यालयको प्रशासनिक भवन निर्माण तथा स्तरोन्नतिका लागि निर्माण कार्य प्रारम्भ गर्न, अधुरा कार्य सम्पन्न गर्न मर्मत सम्भार कार्यको लागि १ करोड १५ लाख रुपैयाँ, सडकमा उज्यालो सहर कार्यक्रम अन्तर्गत हाइफास्ट लाइट जडानका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

    आकस्मिक मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा २ करोड रुपैयाँ, पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ, संस्कृति प्रवर्द्धन अन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जिर्णोद्वारका लागि २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै हेटौँडा अस्पतालको स्तरोन्नति र पुँजीगत सुधारका लागि ८० लाख रुपैयाँ, अटोभिलेज निर्माण र स्तरोन्नतिका लागि ८० लाख रुपैयाँ, कर्रा करिडोर निर्माणको निरन्तरताका लागि १ करोड रुपैयाँ, राप्ती करिडोर निर्माण प्रारम्भ गर्न ५० लाख रुपैयाँ, बसपार्क क्षेत्रमा रहेको हङकङ बजारलाई व्यवस्थित पूर्वाधार सहित हेटौँडा कम्प्लेक्समा रूपान्तरण गर्न निर्माण कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको छ ।

    पिप्ले क्याम्पा रंगशाला स्तरोन्नति कार्यका लागि ५० लाख रुपैयाँ, तामाङ सङ्ग्रहालय निर्माणका लागि ५० लाख रुपैयाँ, वडा गौरवका योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ, वडा नम्बर ७ र ८ को सिमाना सडकलाई नमुना सडक निर्माण कार्यको निरन्तरताका लागि १ करोड रुपैयाँ, विपद् व्यवस्थापन कोष तर्फ २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


    images
    images

    Logo