काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
उक्त बजेटमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३० लाख र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय हस्तान्तरणबापत स्थानीय तहलाई ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ हस्तान्तरण गर्ने जनाइएको छ ।
बजेटको स्रोततर्फ संघीय सरकारबाट समानीकरण अनुदानबाट८ अर्ब १४ करोड ८३ लाख राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समुपुरक अनुदान ८४ करोड र विशेष अनुदान ५६ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारले आगामी वर्ष राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य लिएको छ भने रोयल्टीबापत ९ करोड र स्थानीय तहको राजश्व बाँडफाँटबाट २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।



