काठमाडौं । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड रुपैयाँ को बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताएका छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।