काठमाडौं । प्रदेश सरकारहरुले शुक्रबार आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गदैछन् । कानुनी व्यवस्था अनुसार प्रदेशहरुले असार १ गतभित्र नीति तथा कार्यक्रम एवम बजेट प्रदेश सभामा प्रस्तुुत गरिसक्नुपर्ने व्यवस्था अनुरुप ६ प्रदेशले उक्त दिन प्रदेश सभामा बजेट प्रस्ततु गर्ने तयारी गरिरहदाँ कोशी प्रदेशको बजेट भने अन्यौलमा परेको छ ।
हालसम्म कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकेकोले बजेट प्रस्तुत हुने सभ्भाबना न्युन छ । हिक्तमबहादुर कार्की नेत्वतको सरकार अल्पमतमा रहेकोले यो अवस्थामा बजेट के हुन्छ भन्ने अन्यौल देखिन्छ । यद्यपि प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट प्रस्तुत गर्ने वा बजेट नै नल्याउने विकल्प प्रदेश सरकारसँग छ ।
बाँकी प्रदेशहरुले भने भोली बजेट ल्याउने निश्चित छ । मघेश प्रदेश बाहेक अरु प्रदेशले हरुले दिँउसो ३ बजे बजेट ल्याउने तयारी गरेका छन् भने मघेश प्रदेशले ५ बजे ल्याउने भएकाे छ ।
मन्दीमा अवस्थाबाट अर्थतन्त्र गुजिरहेको अवस्थामा यो बर्ष संघीय बजेट घटेर आएको छ । सोसँगै प्रंदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने स्रोत तथा अनुदानहरु घटेको तथा प्रदेशको कराधारहरु समेत खुम्च्चिएको अवस्थामा प्रदेशहरुको बजेट समेत चालुआर्थिक बर्षकै हाराहारीमा आउने देखिएको छ । त्यही अनुसार प्रदेशहरुले बजेट निर्माणको अन्तिम तयारी गरिरहेका छन् ।



