images
images

आगामी आर्थिक वर्षका लागि कुन मन्त्रालयले कति बजेट पाए ?


  • 689
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    आगामी आर्थिक वर्षका लागि कुन मन्त्रालयले कति बजेट पाए ?

    काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । 

    प्रत्येक आर्थिक वर्षको बजेट अघिल्लो वर्षको जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा उक्त बजे घोषणा गरेका हुन् । 

    यसअनुसार चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ३१ करोड पुँजीगत खर्चतर्फ ३ खर्ब २ अबर्ब ७ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रहेको छ । चालुतर्फको खर्चमध्ये ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गरिने भएको छ । 

    सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४८ अर्ब ६२ करोड लक्ष्य लिएको छ । २ खर्ब ४० अर्ब  आन्तरिक ऋण उठाउने भनेको सरकारले ४९ अर्ब ९४  करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक ऋण लिइने छ । 

    कुन मन्त्रालयले बजेट कति ?

    सरकारले २३ वटा मन्त्रालयलाई कुल १० खर्ब ३८ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । जसमा सरकारले यस बर्ष सवैभन्दा बढी बजेट गृह मन्त्रालय, शिक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि गृह मन्त्रालयका लागि १ खर्ब ९४ अर्ब १६ करोड ५३ लाख रुपैयाँ निनियोजन गरिएको छ । यो मन्त्रालयको बजेट हिस्सा १४.६९ प्रतिशत रहेको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३४ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा मन्त्रालयको बजेट हिस्सा १२.९४ प्रतिशत रहेको छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई  १ खर्ब ९७ अर्ब २२ करोड विनियोजन गरेको छ । जसमा मन्त्रालयको बजेट हिस्सा १८.९८ प्रतिशत रहेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयतर्फ ४७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा मन्त्रालयको हिस्सा ४.५५ प्रतिशत रहेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । यस मन्त्रालयको बजेट हिस्सा ०.९१ प्रतिशत रहेको छ । 

    आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई  १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ । 

    आगामी आर्थिक वर्षको लागि सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ । आगामी आर्थिक वर्षको लागि यो बजेट विनियोजन गरिएको हो ।  

       मन्त्रालयको नाम २०८०/८१(लाखमा) 
    1 प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ५६०२०  
    2 अर्थ मन्त्रालय ४७२७६५  
    3 उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ९४५९६  
    4 उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ८७४५०४  
    5 कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय ७७५६  
    6 खानेपानी मन्त्रालय २८१५५६  
    7 गृह मन्त्रालय १९४१६५३  
    8 संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय ११९६२६  
    9 परराष्ट्र मन्त्रालय ६०२५७  
    10 वन तथा बाताबरण मन्त्रालय १५५५८७  
    11 भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय ७२४६६  
    12 भौतिक पूर्वधार तथा यातायात मन्त्रालय १३४३९९६  
    13 महिला बालबालिका तथ जेठ नागरिक मन्त्रालय  १५७६२  
    14 युवा तथा खेलकुद मन्त्रालय २८७५९  
    15 रक्षा मन्त्रालय ५८८४४६  
    16 शहरी विकास मन्त्रालय  ६६१७५५  
    17 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय १९७२२५५  
    18 सुचना तथा सञ्चार प्रविधि मन्त्रालय  ८७१६७  
    19 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९९६६२  
    20 स्वस्थ्य्य तथा जनसंख्या मन्त्रालय ८३९९१८  
    21 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  ८०८२७  
    22 कृषि मन्त्रालय ५८९८२१  
           
      जम्मा १०३८९१३४  
           

     

     


    images
    images

    Logo