काठमाडौं । आगामी आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जाने रममको घोषणा भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो अनुमान सार्वजनिक गरेका हुन् ।
यसअनुसार समानीकरण अनुदानतर्फ १ अर्ब ४६ अर्ब २ करोड विनियोजन गरिएको छ । जसमध्ये प्रदेशमा ५८ अर्ब ६७ करोड र स्थानीय तहमा ८७ अर्ब ३५ करोड रहको छ ।
त्यस्तै, सशर्त अनुदानतर्फ कुल २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरिएकोमा प्रदेशमा ३५ अर्ब ७२ करोड र स्थानीय तहतर्फ १ खर्ब ९१ अर्ब ८९ करोड रहेको छ ।
त्यस्तै, समपूरक अनुदानतर्फ १३ अर्ब २७ करोडमध्ये प्रदेशमा ६ अर्ब २२ करोड तथा स्थानीय तहमा ७ अर्ब ५ करोड विनियोजन गरिएको छ ।
विशेष अनुदानतर्फ प्रदेशमा ४ अर्ब ४६ करोड र स्थानीय तहमा ८ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
यो वर्ष राजश्व बाँडफाँटतर्फ १ खर्ब ७३ अर्ब ९६ करोड हस्तानतरण हुने अनुमान गरिएको छ ।



