काठमाडौं । सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १ सय २० मिलियन डलर ऋण स्वीकार गर्ने निणएय गरेको छ । मंगलबार बसेको बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, आज बसेको बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएको हो ।