काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त गरेका हुन् ।
मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ – प्रधानमन्त्री
पूर्णबहादुर खड्का – उपप्रधान तथा रक्षामन्त्री
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
डा। बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास
धनराज गुरूङ – कानुन, न्याय तथा संसदीय मामिला
अशोककुमार राई – शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
प्रकाशशरण महत – अर्थ
महिन्द्र राय यादव – खानेपानी
शक्तिबहादुर बस्नेत – ऊर्जा, जलस्रोत तथा सिँचाई
नारायण प्रकाश साउद – परराष्ट्र
रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधि
मोहनबहादुर बस्नेत – स्वास्थ्य तथा जनसङ्ख्या
सुदन किराती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी – सङ्घीय मामिला तथा सामान्य प्रशासन
प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल – उद्योग, वाणिज्य तथा आपूर्ति
सिता गुरूङ – सहरी विकास
डिगबहादुर लिम्वु – युवा तथा खेलकुद
सुरेन्द्रराज आचार्य – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
वीरेन्द्र प्रसाद महतो – वन तथा वातावरण मन्त्री
सुशिला सिर्पाली ठकुरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन (राज्यमन्त्री)
नन्दा चपाई – भौतिक पूर्वाधार तथा यातायात (राज्यमन्त्री)
प्रमिला कुमारी – शिक्षा, विज्ञान तथा प्रविधि (राज्यमन्त्री)




