काठमाडौं । सरकारले २ वर्षभित्र ५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी घोषणा गरेको छ । आगामी आवको नीति तथा कार्यक्रममार्फत् सरकारले यस्तो नीति लिएको छ ।
युवासँग सरकार हुनेछैन बेरोजगार भन्ने नारासहित सरकारले निजी क्षेत्रसँगको साझेदारीमा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।