काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका मेयर बालेन्द्र शाहले निरन्तर उठाउँदै आएको मागको सम्बोधन गरेको छ । सुकुम्बासीलाई नदी किनाराबाट स्थानान्तरण गर्न बालेनले पटकपटक सरकारले सहयोग माग्दै आए पनि बेवास्ता गरेको सरकारले नीति तथा कार्यक्रम मार्फत् नै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नदी किनारमा रहेको भूमिहीनलाई स्थानान्तरण गर्ने उल्लेख गरे । यसका लागि सरकारले उनीहरुलाई अन्यत्र जग्गा उपलब्ध गराइनेछ ।