images
images

घट्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति ?


  • 388
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    घट्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति ?

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सुचना जारी गर्दै सार्वजनिक सवारी यातायातको भाडा बढाएको हो । 

    नेपाल आयल निगमले डिजेलको मुल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।

    विभागले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म घटाएको छ । यात्रुवाहक सवारीसाधनको भाडादर ३.२० प्रतिशतले घटाईएको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडा ४.१९ र तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ४.६५ प्रतिशतले समायोजन गरिएको विभागले जनाएको छ । 

    विभागले २०७८ चैत १७ मा निर्णय गर्दै इन्धनको बजार मूल्य ५ प्रतिशतले घटेमा वा बढेमा सोही अनुसार सार्वजनिक सवारीसाधनको मूल्य पनि समायोजन हुने व्यवस्था गरेको थियो ।


    images
    images

    Logo