काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समिति बैठकले २२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
एसपीमा बढुवा सिफारिस हुनेहरूमा गौतम कुमार केसी, वसुन्धरा खड्का, अपिल राज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्र वहादुर सिंह, चित्रवहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का रहेका छन् ।
त्यस्चै, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले नरेन्द चन्द र राजन भुजेल रहेका छन् ।

