images
images

राष्ट्र बैंकले गर्यो कर्जाको ब्याजदर परिवर्तनमा नयाँ व्यवस्था


  • 613
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    राष्ट्र बैंकले गर्यो कर्जाको ब्याजदर परिवर्तनमा नयाँ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तनमा नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै कर्जा प्रवाह गर्दा आधार दर तथा ब्याजदरबारे नयाँ व्यवस्था गरेको हो  ।

    नयाँ व्यवस्था अनुसार बैंकहरुले  मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्नेछ जनाइएको छ । साथै, कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । 

    कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा पर्नेछैन ।


    images
    images

    Logo