काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले ३ वटा मन्त्री नियुक्त गरेका छन् । बुधबार पौडेलले कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयको लागि मन्त्री नियक्त गरेका हुन् ।
संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्वुलाई नियुक्त गरेका हुन् ।
