images
images

क्रिकेटको खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय 


  • 312
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    क्रिकेटको खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय 

    काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र फिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हाे ।

    खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । 

    त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।


    images
    images

    Logo