काठमाडौं । सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा अब ४ वटा किला (स्क्रु) राख्न पाइने भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त व्यवस्थाबारे जानकारी दिएको हो ।
यसअघि इम्बोस्ड नम्बर प्लेटमा माथिपट्टि दुईवटा मात्रै स्क्रु राख्न पाउने व्यवस्था थियो । जसका कारण नम्बर प्लेट चाँडै च्यातिने, झर्ने जस्ता समस्याहरु देखिँदै आएको थियो । सो समस्यालाई समाधान गर्न मन्त्रालयले ठेकेदार कम्पनी डेकाटोर टाइगर सँग छलफल गरेको थियो । उक्त कम्पनीले दुईवटा स्क्रु थप्नसक्ने बताएपछि मन्त्रालयले ऐनको उक्त अनुसूचीको व्यवस्था फेरेको हो ।
त्यस्तै, इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा राख्न सकिने गरि अनुसूची मिलाइएको छ ।