काठमाडौं । सर्वोच्च अदालतले सिंहदरवारभित्रको फोहोर ३ दिन भित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर ३ दिनभित्र उठाउन भनेको हो ।
सिंहदरवारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए । सोही कुराको अभिव्यक्तिलाई लिएर शाहविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।


