images
images

यस्ता छन् बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को १५ निर्णयहरु 


  • 343
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    यस्ता छन् बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को १५ निर्णयहरु 

    काठमाडौं ।  नेपाल सरकारको बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले १५ वटा निणर्यहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

    त्यस्तै सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायव महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने, अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

    बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने, नेपाल—भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको गरेको छ । 


    त्यस्तै, जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने, स्याङ्जा जिल्ला साविक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने र भूउपयोग ९पहिलो संशोधन० नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । 

    राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।  भने दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने निर्णय भएको छ । अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक श्री राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । 

    लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी श्री शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय भएको छ । 
     
    नेपाल—भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने, जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने, स्याङ्जा जिल्ला साविक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने,भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत दिने जस्ता निर्णय भएको छ । 

    काठमाडौं—तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने,  काठमाडौं—तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने, नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने, सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा।पा। वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४।८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने भएको छ । 

    माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा.पा.वडा नम्बर १ र धार्चे गा.पा.वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २।७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, लोकसेवा आयोगको सिफारिस बमोजिम तीन जना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने ।’त्यस्तै सरकारले काठमाडौं—तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, काठमाडौं—तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने, नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको छ । 

    सरकारले सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा।पा। वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा।पा।वडा नम्बर १ र धार्चे गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने र लोकसेवा आयोगको सिफारिस बमोजिम तीन जना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (प्रा) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । 

    1681986112_41_page-0001.jpg

    1681986112_41_page-0002.jpg

     


    images
    images

    Logo