images
images

वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी


  • 352
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी

    काठमाडाै‌ं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ भुक्तानी गरेको हो ।
         
    निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत  लिएको ऋणको २०७९ साल असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।
         
    निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।
         
    विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको  प्रवक्ता पौडेलले बताए ।


    images
    images

    Logo