काठमाडौं । आर्थिक वर्षको पहिलो ९ महिनामा एनआईसी एशिया बैंकले कमयो ४ अर्ब १ करोड नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ११.३८ प्रतिशत बढी हो। गतवर्ष बैंकको यस्तो नाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधिमा ९ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन आम्दानी ११ अर्ब ४६ करोड रुपैयाा र सञ्चालन नाफा ५ अर्ब ७८ करोड रुपैयाा देखिएको छ ।
सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ४८ रुपैयाँ ८८ पैसा रहेको छ।