काठमाडौं । लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला हुने भएको छ । सरकारले निर्णय गरेर कित्ताकाट खुला गर्ने भएको हो । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू–उपयोग नियमावली नबनेका कारण कित्ताकाट रोकिएका कारण समस्या भएको थियो । मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गर्ने निर्णय गरेसंगै कित्ताकाट खुला हुने भएको मन्त्री शर्माले बताइन् ।
शर्माले भनिन्,'भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ,' उनले भनिन् ।



