images
images

सेक्युरिटी प्रेसमा २ अर्ब ७० करोड हिनामिना, कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा


  • 280
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    सेक्युरिटी प्रेसमा २ अर्ब ७० करोड हिनामिना, कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा

    काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेसका नाममा साढे दुई अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रेस खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जना विरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ विगो मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    अख्तियारले आइतबार दायर गरेको आरोपपत्रमा कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड बिगो मागदावी गरेको छ । त्यस्तै, शिक्षा मन्त्रालयबाट काजमा खटिएका हाल बन तथा वातावरण मन्त्रालयमा कार्यरत सी.डी.ई. नविन कुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत प्रेसका तात्कालिन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख, हाल समावेशी आयोगमा रहेका तात्कालिन शाखा अधिकृत मनिकमान महर्जनविरुद्ध ३ करोड ४४ लाख रुपैयाँ बराबरको विगो मागदाबीसहित मुद्दा दायर गरिएको छ । 

    हाल सेवा निवृत्त भएका तात्कालिन लेखा अधिकृत रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख, हाल जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्याय विरुद्ध ४० करोड १ लाखको विगो मागदावी गरिएको छ ।

    यसबाहेक उक्त खरिद प्रक्रियामा संलग्न भएका तीन कम्पनीहरु इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका रोहितमान प्रधान विरुद्ध २३ करोड ४५ लाख, मेपटेक विल्डिङ सर्भिसेजका भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख तथा परामर्शदाता वास्तुशिल्प एशोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ विरुद्ध ८ लाख ६९ हजार रुपैयाँ बराबरको विगोसहित मुद्दा दायर गरिएको छ । 

    केन्द्रले खरिद गरेको पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोर ट्याङ्क खरिदका क्रममा अस्वभाविक लागत अनुमान तयार गरी गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर र तोकिएको भन्दा फरक देशको उत्पत्ति भएको जेनेरेटर स्वीकार गरिएको, कामै नभएको अवस्थामा समेत सम्झौताविपरित गैरकानूनी भुक्तानी दिएको आरोप अख्तियारले लगाएको छ ।


    images
    images

    Logo