काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवाबाट मलेसियाको क्वालालम्पुर र भारतको नयाँ दिल्ली उडान गर्ने तयारी गरेको छ । निगमले जेठ दोस्रो सातादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट क्वालालम्पुर र दिल्ली उडान गर्ने तयारी थालेको हो ।
उडान तयारीका लागि कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको वाणिज्य विभागका उपनिर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक विशेष समिति गठन गरेका छन् । समितले उडान अनुमति, जनशक्ति व्यवस्थापन, प्राविधिक तयारीदेखि बजारीकरणसम्मका काम गर्ने बताइएको छ ।
निगमा प्रवक्ता रमेश पौडेलका अनुसार उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको काम अगाडि बढाइसकिएको र अनुमति आउँनासाथ बुकिङ खुला गरिने छ ।
निगमले सुरुमा साताको एक उडान गर्ने तयारी गरेको छ । विस्तारै बजारको मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको प्रवक्ता पौडेलले बताए ।



