images
images

लघुबीमा निर्देशिका जारी, लघुबीमाले कहाँ कहाँ गर्न पाउँछन् कारोबार ? 


  • 941
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    लघुबीमा निर्देशिका जारी, लघुबीमाले कहाँ कहाँ गर्न पाउँछन् कारोबार ? 

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशिका जारी गरी लघु निर्जीवन र लघु जीवन बीमा कम्पनीको व्यवसायको सीमा तोकेको छ । 

    प्राधिकरणले जारी गरेको लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँसम्म बीमा गर्ने पाउने भएको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँसम्म बीमा गर्ने पाउने भएका छन् । लघु निर्जीवन बीमा कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियररङ्ग लघुबीमाको बीमा गर्ने पाउने भएका छन् । 

    जीवन बीमालेखको हकमा एक बर्ष वा सो भन्दा बढी अवधिको निर्जीवन बीमालेखको हकमा एक बर्ष वा सो भन्दा कम अवधिको लागि मात्रै जारी गर्ने सक्नेछ । बीमालेखको बीमा शुल्कमा छुट प्रदान गर्ने वा सेवा कटौती गर्ने वा सहुलियत दिन पाइनेछैन । बीमा अभिकर्ताको प्रयोग नगरी सीधै बीमालेख बिक्री (प्रत्यक्ष बीमा) गरिएको हकमा ५ प्रतिशतका दरले हुन आउने रकम छुट गर्न सकिन्छ ।  


    images
    images

    Logo