images
images

नयाँ स्टक एक्सचेञ्च र ब्रोकर लाइसेन्स दिने बाटो खुल्यो


  • 374
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    नयाँ स्टक एक्सचेञ्च र ब्रोकर लाइसेन्स दिने बाटो खुल्यो

    काठमाडौं । धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्च लाइसेन्स वितरणका लागि नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । अधिवक्ता दिपक विक्रम मिश्र लगाएतले हालेको मुद्दा खारेज भएसँगै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने बाटो खुलेको हो । 

    निवेदक मिश्रले दायर रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण  प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो । संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो । 


    images
    images

    Logo