images
images

भक्तपुरमा ७० हजार ८ सय ४९ घर र एक लाख ८ हजार ४ सय ५३ परिवारको बसोवास


  • 369
    SHARES
  • २०७९ चैत्र २५ गते शनिबार

    भक्तपुरमा ७० हजार ८ सय ४९ घर र एक लाख ८ हजार ४ सय ५३ परिवारको बसोवास

    भक्तपुर । भक्तपुरको जनसंख्या ४ लाख ३० हजार ४ सय ८ पुगेको छ ।जसमध्ये २ लाख १७ हजार ९ सय ४२ पुरुष र २ लाख १२ हजार ४ सय ६६ महिला रहेका छन् । 

    यसैगरी भक्तपुरमा परिवारको औसात आकार ३ दशमलब ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ । जुन मुलुकभरकै सबै भन्दा बढी हो ।

    भक्तपुरका चार नगरपालिकामध्ये सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो, सूर्यविनायक । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजा अनुसार भक्तपुरका चारमध्ये धेरै जनसंख्या सूर्यविनायकमा  देखिएको हो ।

    विभागको तथ्यांकअनुसार सूर्यविनायकमा १ लाख ३७ हजार ९ सय ७१ जनसंख्या रहेको छ । जसमध्ये ६८ हजार ९७१ पुरुष र ६९ हजार महिला रहेका छन् ।

    सूर्यविनायकपछि मध्यपुर थिमिनगरपालिका धेरै जनसंख्या हुने जिल्लाको दोस्रो नगरपालिका बनेको छ । थिमिमा ६० हजार ९ सय ५४ पुरुष र ५९ हजार १ महिला गरी कुल एक लाख १९ हजार ९ सय ५५ जनसंख्या रहेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

    विभागले सार्वजनिक गरेको जनगणनाको  तथ्यांक अनुसार क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो चाँगुनारायण नगरपालिकाको जनसंख्या ८८ हजार ६ सय १२ जनसंख्या पुगेको छ । जसमध्ये ४४ हजार ७३ पुरुष र ४४ हजार ५ सय ३९ महिला रहेका छन् ।

    उता जिल्लाकै सबै भन्दा सानो क्षेत्रफल रहेको भक्तपुर नगरपालिकाको जनसंख्या ७८ हजार ८ सय ५४ पुगेको छ । जसमध्ये ३९ हजार १९० महिला र ३९ हजार ६ सय ६४ पुरुष रहेका छन् । भक्तपुर जिल्लाकै सबै भन्दा कम जनसंख्या भएको नगरपालिका पनि हो । 

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार भक्तपुरमा १ लाख ८ हजार ४ सय ५३ परिवार रहेका छन । ती मध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ३५ हजार ८ सय ८५ परिवार रहेका छन । त्यस्तै भक्तपुर नगरपालिमा १८ हजार ८ सय ५४, चाँगुनारायण नगरपालिकामा २१ हजार ९ सय ४६ र मध्यपुर थिमि नगरपालिकामा ३१ हजार ७ सय ६८ परिवार रहेका छन ।

    नतिजा अनुसार भक्तपुरमा ७० हजार ८४९ घर छन् । ती मध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा २३ हजार ६ सय ३७ रहेका छन् भने सबैभन्दा कम भक्तपुर नगरपालिकामा १२ हजार २ सय छन् । त्यस्तै चाँगुनारायण नगरपालिकामा १७ हजार ३ सय ७३ र मध्यपुर थिमि नगरपालिकामा १७ हजार ६ सय ३९ घर रहेका छन् ।


    images
    images

    Logo