images
images

सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)


  • 318
    SHARES
  • २०७९ चैत्र २३ गते बिहीबार

    सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । सत्तारुढ गठबन्धनको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

    कार्यक्रममा गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने उल्लेख छ। 

    सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने र नागरिकता प्राप्तिमा रहेको लैंगिक विभेद अन्त्य गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

    ‘बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न र सङ्घीय संरचनालाई चुस्त दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने’, नीति तथा कार्यक्रममा भनिएको छ ।

    सिंहरबारमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थिती थियो । 


    images
    images

    Logo