काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्ने सदस्यको संख्या टुंग्याइएको छ । सो समितिमा २१ जना सदस्य रहने भएका भएका छन् ।
उक्त समितिमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिभित्व हुनेछ ।
उक्त समितिको बैठकमा कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र १ सिट भएका पार्टी स्वतन्त्रका १/१ सदस्य रहनेभएका छन् ।