काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन सो रंगशाला निर्माण गर्ने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले रकम अभाव भएको र उधारो रकम समेत तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण गर्न आग्रह गरेको थियो । केहिदिनअघि भरतपुर पुगेका प्रधानमन्त्री प्रचण्डले रंगशाला सरकारले बनाउने बताएका थिए ।