images
images

निगमले घटायो इन्धनको मूल्य, पेट्रोलमा कति घट्यो ?


  • 443
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    निगमले घटायो इन्धनको मूल्य, पेट्रोलमा कति घट्यो ?

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरि निगमले इन्धनको मूल्य घटाएको हो । 

    निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ र डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँका दरले घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ । जस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँमा झरेको छ ।

    त्यस्तै, हवाई इन्धन आन्तरिकको मूल्य प्रति लिटर १ सय ६० रुपैयाँ कायम भएको छ भने  र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य प्रति लिटर १.३५ डलर कायम गरिएको निगमले जनाएको छ । 

    Noc.jpg


    images
    images

    Logo