images
images

प्रधानमन्त्री प्रचण्डले १०० दिनसम्म के के गरे ? (पूर्णपाठसहित)


  • 417
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    प्रधानमन्त्री प्रचण्डले १०० दिनसम्म के के गरे ? (पूर्णपाठसहित)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय दिन उपलब्धि सार्वजनिक गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीको् जिम्मेवारी सम्हालेका प्रचण्डको मंगलबार १०० दिन पूरा हुँर्दैछ।

    सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा सार्वजनिक गरेको हो । प्रधानमन्त्रीले यो अवधिमा राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको दाबी गरेका छन् ।

    त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४ सय ७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।

    सार्वजनिक सेवा प्रवाह र सरकारका विभिन्न निकायहरूको कार्यसम्पादन सम्बन्धमा जनतामा रहेको गुनासो र पीरमर्काको उचित सम्बोधनका लागि हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ ।

    त्यस्तै, सो अवधिमा प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि वर्तमान सरकारले विशेष पहल लिएको छ । यसै सन्दर्भमा यस विषयमा सुझाव पेस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने तथा मौजुदा कानुनमा संशोधन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

    यस अवधिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकले भोग्नुपरिरहेका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै विदेशमा रोजगारी गुमाएका, बन्दी बनाइएका एवं स्वास्थ्य समस्या झेलिरहेका १०० भन्दा बढी नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको पनि उनले उल्लेख गरेका छन् ।  ।


    images
    images

    Logo