images
images

यी हुन् प्रचण्ड क्याबिनेटमा थपिएका ११ नयाँ अनुहार


  • 372
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    यी हुन् प्रचण्ड क्याबिनेटमा थपिएका ११ नयाँ अनुहार

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रिमण्डल  विस्तार गरेका हुन् । सरकार विस्तारसँगै मन्त्रीमण्डलमा २ जना उपप्रधानमन्त्री सहित १७ जना पुगेको छ । 

    पुनर्गठित मन्त्रीमण्डलमा पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्रीसहित सहभागी भएका छन् । पहिलो पटक मन्त्रीपरिषद् विस्तार हुँदा उपप्रधानमन्त्री बनेका नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । 

    बाँकी १५ जना मध्ये सञ्चारमन्त्री रेखा शर्मा, पर्यटन मन्त्री सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी कायमै छन् । खानेपानी मन्त्री अब्दुल खानले भने शुक्रबार राजिनामा दिएका छन् । उपप्रधानमन्त्री खड्का सहित बाँकी रहेका १२ जना भने यो मन्त्रीमण्डलका लागि नयाँ अनुहार हुन् । 

    नेपाली कांग्रेसको तर्फबाट अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग मन्त्रीमा रमेश रिजाल र शहरी विकाश मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् । त्यस्तै, महेन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् । उनी बाबुराम भट्टराई नेतृत्वको पार्टीका नेता हुन् । उनी माओवादीको चुनावचिह्नबाट निर्वाचीत भएका थिए । त्यस्तै, माओवादी बाटै शक्ति बस्नेत ऊर्जा मन्त्री बनेका छन् । 

    एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षामन्त्री तथा शरत् सिंह भण्डारी श्रम मन्त्री बनेका छन् । 

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छिन् । पुनर्गठित मन्त्रीमण्डलमा १ जना राज्यमन्त्री नियुक्ति गरिएको छ । माओवादीकी शुशिला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री नियुक्त भएकी हुन् । 


    images
    images

    Logo