images
images

अर्थ मन्त्रालयले बनायो बजेट कार्यतालिका, कुन दिन के गर्ने ?


  • 824
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    अर्थ मन्त्रालयले बनायो बजेट कार्यतालिका, कुन दिन के गर्ने ?

    काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८०/८१ को बजेट बनाउने तयारीमा लागेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट बनाउनला लागि  कुन समयमा के काम कार्यतालिका बनाएको छ । 

    मन्त्रालयले बनाएको तालिका अनुसार चैत १५ देखि छलफल सुरु गरि जेठ १५ गते संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने योजना रहेको छ । 

    चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गर्ने, चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन बनाउने, चैत २४ गतेसम्ममा एलएमबिआईएसमा विषयगत मन्त्रालयमार्फत बजेट प्रस्ताव गर्ने, चैत २६ देखि वैशाख २० गतेसम्म मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफल गर्ने, चैत २६ देखि वैशाख २५ सम्म बजेट सुझाव संकलन गर्ने तालिकामा उल्लेख गरिएको छ । 

    त्यस्तै, वैशाख २० गते सार्वजनिक संस्थानहरूको प्रगति विवरण ९पहेलो किताब० छपाइका लागि पठाउने, वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुको मस्यौदा तयार गर्ने, वैशाख २५ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु संसद्का दुवै सदनमा पेश गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षण छाप्ने मन्त्रालयले जनाएको छ । 

    त्यसैगरी, जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार गर्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने, जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने, जेठ १० गते व्ययअनुमान र खर्चको शीर्षकगत अनुमानको अन्तिम मस्यौदा बनाउने, जेठ १२ गते व्ययअनुमान र खर्चको शीर्षकगत अनुमानको किताब छाप्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने, जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषदमा ब्रिफिङ गर्ने, जेठ १४ गते सबै बजेटसम्बन्धी विधेयक छाप्ने, जेठ १४ गते आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण संसदमा पेश गर्ने,जेठ १५ गते  संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने गरि मन्त्रालयले योजना बनाएको छ ।


    images
    images

    Logo