काठमाडौं । सरकारले हालै बढुवा भएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार एआईजी किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा खटाइएको छ । त्यसैगरी उपत्यका प्रहरी कार्यालयको प्रमुखमा श्यामलाल ज्ञवाली र प्रशासन विभागको जिम्मेवारी दीपक थापालाई दिइएको छ । त्यस्तै, टेकप्रसाद राईले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताएका छन् ।
दुई दिनअघि गृह मन्त्रालयले थप चार डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।