काठमाडौं । मिटरब्याजमा रकम असुली गर्ने कार्यलाई अपराध मानिने सरकारले निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले सो निण्र्णय गरेको हो ।
बैठकले मुलुकी फौजदारी संहिता लगायतका आवश्यक कानुनहरु संशोधन गरेर मिटर ब्याजमा रकम असुली गर्ने कार्यलाई अपराध मान्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
बैठकले कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय पनि गरेकाे छ ।